रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिकाले कोभीड़ १९ को रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण प्रभावित भएका अति विपन्न गरीव असहाय , ज्यालदारी श्रमिक परिवारलाइ वितरण गरेको राहत सामग्री खरीदको खर्च विबरण सार्वजानिक गरेकको छ ।
नगरपालिका महामारी तथा लकडाउनको अवधिमा खर्च धान्न नसकिने गरीव तथा श्रमिकहरुलाई राहत वितरणका लागि नेपाल सरकार तथा प्रदेश २ सरकारबाट बजेट तथा निर्देशन अनुसार नगरपालिकाले १ हजार घर परिवार र मधेशी महिला समाज उत्थान केन्द्रबाट प्राप्त सहयोग ३२६ गरी १३२६ घर परिवारलाइ पहिलो चरणमा वितरण गरिएको राहत सामग्रीको खर्च विबरण सार्वजानिक गरिएको प्रमुख प्रसाशकीय अधिकृत सिकिन्दर साहले बताउनु भएको छ ।
प्रशासकीय अधिकृत साहले जारी गरिएको खर्च प्रतिवेदन अनुसार चामल सोना मंसुली २५० क्विंटल प्रति किलो ४० रुपैयाको दरले १० लाख रुपैया तथा मासुरोको दाल ४० क्विंटल प्रति किलो ११० रुपैयाको दरले ४ लाख ४० हजार रुपैया गरी १४ लाख ४० हजार रुपैया खर्च भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले वड़ा नम्बर १ मा ३१७ , वड़ा नम्बर २ मा १७५ , वड़ा नम्बर ३ मा ९३ , वड़ा नम्बर ४ मा १०० , वड़ा नम्बर ५ मा १३५ वड़ा नम्बर ६ मा १३० वड़ा नम्बर ७ मा १३५ , वड़ा नम्बर ८ मा १२१ र वड़ा नम्बर ९ मा १२० गरी १३२६ घर परिवार लाइ राहत वितरण गरिएको छ । क्वारेंटाइन र मठ मंदिरमा राहत दिइएको छैन ।
प्रदेश सरकारले प्रत्येक नगरपालिकालाइ राहत वितरण गर्नको लागि नगरपालिका हरुलाई १५ लाखको दरले रकम उपलब्ध गराएको थियो । नेपाल सरकार , प्रदेश सरकार तथा मधेशी महिला समाज उत्थान केन्द्रले गरेको सहयोगको रकम नखुलाए पनि राहत वितरणको आमदनी तथा खर्च विबरण सार्वजानिक गर्ने मौलापुर दोस्रो स्थानीय तह रहेको छ । यस अघि नै परोहा नगरपालिकाले आय व्ययको विबरण सार्वजानिक गरी सकेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश मौलापुर नपाले आम्दानीको श्रोत बन्द राख्दै गर्यो खर्च विबरण सार्वजानिक
मौलापुर नपाले आम्दानीको श्रोत बन्द राख्दै गर्यो खर्च विबरण सार्वजानिक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।