रौतहट ।। जिल्ला प्रसाशन कार्यालय रौतहटले २४ घण्टा न वित्दै आफ्नो निर्णय फिर्ता लिएका छन । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठक बाट १६ गते देखि प्रत्येक दिन विहान ११ बजे देखि दिउँसो २ बजे सम्म खाद्यान्न तथा आधारभूत उपभोग्य सामग्री विक्री वितरणको लागि पसल खुल्ला गर्ने गरेको निर्णय पहिलो दिन नै फिर्ता भएको हो ।
विक्रेताले सामाजिक दुरीको व्यवस्थापन गर्दै पसल खुल्ला गर्ने शर्त सहित पसल खुल्ला गर्ने निर्णय मंगलवार तोकिएको समयमा खुल्ला राख्दा ठूलो भीड़भाड़ भई लकडाउन कार्यान्वयनमा असहज हुने भएककोले १६ गते देखि खुल्ला गर्ने निर्णय रद गरिएको जिल्ला प्रसाशन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No photo description available.

कोरोना भाइरसको रोकथाम उपचार तथा नियंत्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण होम डिलेभरीको गरिएको व्यवस्था प्रति गुनासो आएकोले सहज बनाउने उदेश्यले गरिएको निर्णय दुइ वटा कोभीड़ १९ को संक्रमित व्यक्ति फेला परे पछि १५ गते पहिला को निर्णय अनुसार कार्य गर्न गराउन हुन जिल्ला प्रसाशन कार्यालयले अनुरोध गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here