रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका कार्यालयको एक कर्मचारीको मंगलवार दिउँसो मृत्यु भएको छ । २०५२ साल देखि बरुन नियंत्रण सेवक को रुपमा कार्यरत रहेको बिक्रम बहादुर क्षेत्रीको ५० वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।
बारुण यन्त्र शाखामा कार्यरत गौर नगरपालिका वड़ा नम्बर ५ निवासी ५० बर्षीय क्षेत्री कार्यालयमा कार्य गर्दा गर्दै एक्कासि ढले पछि उपचारको लागि जिल्ला अस्पतालमा लागिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो ।
बरिष्ठ हेल्फर क्षेत्रीको अल्प आयुमा भएको निधन प्रति गौर नगरपालिकाले एउटा कुशल ईमानदार कार्यचारी गुमाएको भन्दै शोक प्रकट गरेका छन । गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता , प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन । शव परिक्षण पछि अन्तिम संस्कार गर्नको लागि पीड़ित परिवारको जिम्मा लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here