सिरहा ।। सिरहाकी एक युवति मोवाइलको कारण सामुहिक बलात्कारको शिकार बनेकी छिन् । मोवाइल चार्ज गरदिने बहानामा गएराति सिरहामा एक युवतिमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाकै गोलबजार नगरपालिका–सिरहाकै विष्णुपुर गाँउपलिका घर भएकि युवतिमाथि सामूहिक बाल्ताकार भएको हो । घरबाट गोलबजारमा आउदैँ गरेकी उक्त युवतिको मोबाईल अफ भएपछि मोबाइल चार्ज गर्न उनी सोही स्थानकै मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिईन । उक्त सैलुनमा पहिलादेखि नै रहेका धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार–२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आफू बलात्कृत भएपछी युवतीले सडकमा आएर रोएपछी उक्त घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख एवं प्रहरी निरीक्षक जनक पुरीले बताए ।
स्थानियले खबर गरेपछी तत्काल त्यहाँ पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नुको साथै बलात्कार गर्ने ती दुवै पुरुषलाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका ती दुई पुरुषमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।
मोवाइल चार्ज गर्ने बाहनामा युवतीको सामुहिक बलात्कार, दुई जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।