रौतहट ।। परोहा नगरपालिकाका नगर प्रमुख शेष बकीलले काठमाडौं देखि गौर तर्फ आउदै गरेको बस त्रिशुलमा खस्दा वेपता भएका परिवारहरुलाई सान्तवना दिदै सहयोग गरेका छन ।
असार २८ गते शुक्रवारका दिन बिहान करिब ३ः३० बजेको समयमा चितवनको सिमलतालमा गएको पहिरोमा काठमाडौं देखि गौर तर्फ आईरहेको गणपति डिलक्स बस परि बसमा सवार रहेका परोहा नगरपालिकाको वडा नं. ४ का ओम राज कुमार, वडा नं. ६ ऋषि कुमार सिंह र वडा नं. ९ का सिकिन्दर दास बेपता रहेको र उहाँहरुको खोजतलास जारी रहेको अवस्थमा उनका परिवारजनलाई नगर प्रमुख वकीलले नगद ११ हजार र ५० हजारको चेक गरी कुल ६१ हजार रुपैयाँ र खद्यान सामग्रीहरु सहयोग गरेको स्थानी सरोज साहले जानकारी दिए । रकम तथा चेक हस्तनान्तण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माे. महफुज अहमद, इन्जिनियर दिपेन्द्र यादव लेखापल शिवपुजन मण्डल लगायतकाे उपस्थिति रहेकेा थियाे ।
घटना स्थलमा बसको तिन दिन सम्म खोजी कार्य एवं उद्धार कार्यमा नेपाली सुरक्षाकर्मीहरलाई परिचालन गरिए तर उपयुक्त नदेखिएपछि गृह सचिव एकनारायण अर्यालले खोजी कार्यलाई तिव्रता दिन भारत र वंगलादेशलाई सहयोग माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
आईतवार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल, नेपाल प्रहरीका आइजीपी सहितका सुरक्षा निकायका टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरे पश्चात भारत र वंगलादेश संग सहयोग माग गरिएको बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here