राैतहट ।। राैतहट सहित तराइ मधेशमा निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।
यतिबेला तराईका राैतहट, बारा, पर्सा, सर्लाही,धनुषा,महाेतरी लगायतका जिल्लामा कुहिरो र हुस्सुले ढाकिएका छन् ।
बिहान देखी ११ बजे सम्म लाग्ने बाक्लो हुसुको कारण सवारी साधन चलाउन कठिनाई भएको छ भने हुसुका कारण सडक दुर्घटना बढ्ने जोखिम बढेर गएको । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि राैतहटका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ । चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले नगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here