जनकपुर ।। मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।
ढुंगानाले सात हजार ३७० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले दुई हजार ४८४ मतभार प्राप्त गरेकी छन्। यस्तै, जनमतका रामशंकर महासेठले ८१८ मतभार प्राप्त गरेका छन् ।
महिलातर्फ निर्वाचित चौधरीको मतभार सात हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार दुई हजार ४४६ छ ।
बिहीबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा ३७४ मतदातामध्ये ३७३ जनाले मतदान गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here