काठमाडाैं ।। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताएका छन् ।
सोमवार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।
पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरूको बारेमा कुनै छलफलहरू भएको छैन । यद्यपि पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरूले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरूले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरूको कुरा छ । खासगरी नयाँ सांसदहरूको । किनकि नेपाली कांग्रेसमा एकल सरकार बनेपनि एउटै अनुहारहरूले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो । केही नयाँ साथीहरू आउलान् । नयाँ कामहरू गर्लान् । उनीहरूले पनि आफ्नो पम्फर्म गर्ने मौकाको पनि त खोजी पनि हो भन्ने हिसाबले यहाँभित्र धेरै ठूलो साथीहरूको कुरा छ, हामीलाई भनिराख्नुभएको छ । अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन । सभापति आफैं संसदीय दलका नेता हुनुभएकाले गर्दा उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो तर केही फेरबदल हुनुपर्छ । खासगरिकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । त्यसलाई त्यहाँ पुर्‍याउने काम हुन्छ । थोरै समय भएकाले गर्दा गर्ने कि नगर्ने भन्ने कुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकाले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here