एजेन्सी ।। भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशबाट उत्तराखण्डको उत्तरकाशी जाँदै गरेको बस हिजो साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा सवार ३० जना श्रद्धालुमध्ये २५ जनाको शव निकालिएको र अन्य ५ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उत्तरकाशीको यमुनोत्री दर्शनका लागि जाँदै गरेको बस यमुनोत्री नेशनल हाइवेमा भएको थियो । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहतको घोषणा गर्नुभएको छ । उहाँले दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई २ लाखका दरले र घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराइने घोषणा गर्नुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here