काठमाडौं ।। सरकारको तथ्याङ्क अनुसार ९३ प्रतिशत नेपाली नागरिक स्वच्छ खानेपानी पहुँचमा छन् । बाँकी ७ प्रतिशत नागरिकलाई खानेपानी पु¥याउन बजेटमै सरकारले, ‘एक घर, एक धारा अभियान’ चलाउने घोषणा गरेको छ । तर, विज्ञहरू भने पानीका मुहानका सुरक्षाका लागि वातावरण संरक्षणमा जोड दिन्छन् । सरकारले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार ७ प्रतिशत नागरिक अझै पनि स्वच्छ पिउने पानीको पहुँचमा छैनन् । तर, पानीको पहुँच पुगेको भनिएका कतिपयको घरमा धारा जोडिएको छैन । धारा पुगेको घरमा पनि पानी पुग्ने समयको टुङ्गो नहुँदा कामकाजी महिलालाई समस्या हुने गरेको छ । काठमाडौं उपत्यकाको लागि मात्रै दैनिक ४५ देखि ५० करोड लिटर पानी आवश्यक पर्छ । तर, त्यो आवश्यकता तत्काल पूरा हुने अवस्था छैन । त्यसैले आकासे पानीको सङ्कलनका कार्यक्रममा सरकारले जोड दिनुपर्ने गुठी संस्थानका प्राविधिक सल्लाहकार प्रकाश अमात्यको भनाइ छ । पानीका स्रोतको पहिचानका लागि समेत सरकारले आगामी आर्थिक वर्षको बजेटमा खानेपानीका लागि ३७ अर्बभन्दा धेरै बजेट छुट्टाएको छ । स्रोतको पहिचानमा मात्रै नभएर सुरक्षामा पनि सरकारले ध्यान दिनुपर्ने अभियन्ता सुशील श्रेष्ठले बताउनुभयो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म सबैका निम्ति सुरक्षित र बेहोर्न सकिने खानेपानीको सर्वव्यापी अनि समानतामूलक पहुँच पु¥याउनुपर्छ । सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधा थियो । हाल यो दर ९३ प्रतिशतसम्म पुगेको छ । तर, खानेपानीको सुविधा पु¥याउन बनाइएका योजनाको संरक्षण र नागरिकलाई दिइएको सुविधा भने निरन्तर नभएको गुनासो नागरिकस्तरबाट आउन छोडेको छैन ।
पानीका मुहानका सुरक्षाका लागि वातावरण संरक्षणमा विज्ञहरूको जोड
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।