काठमाडाैं ।। काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाउन सुरु गरिएको छ । उपयत्यकाका सडक तथा गल्लीहरूमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आजबाट उठाउन सुरु गरिएको हो । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै फोहोर उठाउन लागिएको हो । सहरी विकास मन्त्रालयमा हिजो भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियबासीको माग सम्बोधन गरी फोहार व्यवस्थापन गर्ने सहमति जुटेको हो । मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको वार्तामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीवेशी नगरपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधिहरु सहभागि थिए । सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुर्नेछ । जसले गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ । यसैगरी, महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन । महानगरपालिकाले अबदेखि उपत्यकामा सङ्कलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहेरलाई अलग्गै राख्नुपर्न व्यवस्था महानगरपालिकाले गर्ने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here