सांकेतिक तस्विर

काठमाडाैं ।। स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शुक्रवार देशैभर भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि चयन हुने क्रम जारी रहेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धामा छन् । बिहान सवा ८ बजेसम्मको नतिजा अनुसार नेकपा एमालेले प्रमुखमा ६ र उप प्रमुखमा ५ स्थानमा जित हात पारेको छ भने नेपाली काँग्रेसले पनि प्रमुखमा ६ र उप प्रमुखमा पनि ६ पालिकामा जित हात पारेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले २ प्रमुख र २ उप प्रमुख, एकीकृत समाजवादीले पनि समान २÷२ प्रमुख र उप प्रमुखमा जित हात पारेको छ । देशभर जारी मतगणना अनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ । काँग्रेसले प्रमुखमा २ सय २७ र उप प्रमुखमा १ सय ८८ स्थानमा अग्रता लिएको छ भने एमालेले प्रमुखको १ सय ६७ र उप प्रमुखको १ सय ७५ स्थानमा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले प्रमुखको ९८ र उप प्रमुखको १ सय १, एकीकृत समाजवादीले प्रमुखको १० र उप प्रमुखको १२, जनता समाजवादी पार्टीले प्रमुखको १४ र उप प्रमुखको १३, लोकतान्त्रिक समाजवादीले प्रमुखको २ र उप प्रमुखको १ स्थानमा अग्रता बनाइरहेको छ । निर्वाचनबाट ३५ हजार २ सय २१ जना जनप्रतिनिधि चयन हुनका लागि देशभर १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here