एजेन्सी ।। श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले एक साताभित्रै नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताउनुभएको छ । हिंसात्मक प्रदर्शनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले नयाँ मन्त्रिपरिषदमा आफ्ना दाइ महिन्दा राजापाक्षेको साटो अरु कसैलाई स्थान दिइने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको पनि भत्र्सना गर्नुभएको छ । झडपमा ३ सय जना घाइते भएका छन् । आन्दोलनले उग्र रूप लिएपछि देशभर कफ्र्यु लगाइएको छ । लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।