काठमाडाैं ।। नेकपा एमालेले भोलिदेखि हुने विधान महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म चल्ने महाधिवेशनमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेस हुने एमालेले जानकारी दिएको छ । एमालेले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा दुई हजार ८ सय ४० जना मात्र अट्ने भएकाले बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा झण्डै ३ सय स्वयम्सेवक खटिनेछन् । महाधिवेशनमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । एमालेले महाधिवेशनबारे जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।