काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप एक हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १० हजार ६५२ जनाको पिसिआर परीक्षण र ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण भएको थियो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल १८ हजार १९३ जना सक्रिय संक्रमित छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here