काठमाडाैं ।। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १८८ (२) को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत समाजवादी बनेको औपचारिक जानकारी प्रदेशसभालाई दिएको थियो । एमालेका १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्यको नेतृत्व अल्पमतमा पर्नुका साथै विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो । ५६ सांसदसहित एकल बहुमत रहेको एमाले विभाजन भएपछि अल्पमतमा परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here