रौतहट ।। केपी ओली सरकारको असंबैधानिक कदमको बिरुद्धमा नेपाली काग्रेसले रौतहट लगायत शनिबार देशको ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिएको थियो । सोहि अनुरुप रौतहटको सदरमुकाम गौरमा पनि बिरोध प्रदर्शन गरिएको थियोे ।सयौं काग्रेसका कारयेकर्ताले सदरमुकाम गौरको बिपि चोक देखि मुख्य बाजारमा, केपि अाेली चोर देश छोड , लोकतन्त्र मार्न पाइदैन भन्ने नारा का साथ बजार परिक्रमा गरेका थिए ।सो बिरोध प्रदर्शन मा नेपाली काङ्ग्रेस का जिल्ला सभापति कृष्ण यादव ,युवा नेता मोहन यादव ,चिरञ्जीवी सिंह,भरत साह ,नगेन्द्र साह , लगायत का नेता को सहभागिता रहेको थियोे । उनीहरूले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको बताउँदै संसद विघटन देश र जनताको लागि घातक सिद्ध हुने दाबी गरेका थिए । प्रधानमन्त्री ओलीको यस कदमले संघीयता धरापमा परेको र यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकोले नेपाली कांग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रेको कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश ओलीको असंबैधानिक कदमको बिरुद्ध रौतहट लगायत देशभर काग्रेसको विरोध प्रदर्शन
ओलीको असंबैधानिक कदमको बिरुद्ध रौतहट लगायत देशभर काग्रेसको विरोध प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।