काठमाडौं ।। देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले आज बिहान मौसम सम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।