रौतहट ।। रौतहट प्रहरीले विगत पाँच महिनाको अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गर्ने केही प्रहरीलाई समेत कारवाहीको दायरामा ल्याइएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताउनु भयो । शाहका अनुसार भन्सार छलीमा संलग्न तस्करलाई कारवाहीको दायरामा समेत ल्याइएको छ ।गत साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा तस्करहरुले अवैधरुपमा भित्र्याएको एक करोड ९१लाख ५२ हजार ८२ रुपैयाँ बराबरको सामान जिल्लाको विभिन्न स्थानबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।उक्त सामान तस्करीमा संलग्न २७ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पठाईएको एसपी शाहले जानकारी दिए ।सोही अवधिमा तस्करीको मालसामान ओसारपसार गर्न तस्करले प्रयोग गरेको तीन थान ट्रक, एक थान पिकअप, एकथान ट्याक्टर, २० थान मोटरसाईकल, १६ थान साईकल गरी कुल ४९ थान सवारीसाधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।सो अवधिमा आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गरेका पाँचजना प्रहरीको बढुुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिस गरेको एसपी शाहले जानकारी दिनुभयो ।गत आर्थिक वर्षमा ४७ जना फरार अभियुुक्त पक्राउ गरेको रौतहट प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २६ जना त्यस्ता अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुबाट कुल ८० लाख ५७ हजार रुपैयाँ राजस्व असुल तथा १२ वर्ष ७ महिना ६ दिन कैद भुुक्तान असुल भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here