एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संखया ८१ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने सोही अवधिमा ४ सय ७० जनाको मृत्यु भएको छ ।
यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ लाख २२ हजार १ सय ११ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ७४ लाख ९१ हजार ५ सय १३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ५ लाख ७० हजार ४ सय ५८ जना उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here