वासिंटन ।। कोरोनाभाइरसको महामारीका बीच अमेरिकामा यतिबेला राष्ट्रपतीय चुनाव भइरहेको छ । उक्त चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट फेरि उम्मेदवार बनेका छन् ।

ट्रम्प सुरुदेखि नै कोरोनाभाइरस महामारीको वास्ता नगरी स्कुल, कलेज र सार्वजनिक स्थान खुला राख्नुपर्छ भन्ने मान्यता राख्दैआएका नेता हुन् । तर उनकै चुनावी र्‍यालीमा सहभागी जनताहरु धमाधम कोरोना संक्रमित हुने क्रम रोकिएको छैन ।

गत जुन महिनादेखि सेप्टेम्बरसम्म ट्रम्पको समर्थनमा  भएका चुनावी र्‍यालीहरुमा ३० हजारभन्दा धेरै कोरोना संक्रमित भएको तथ्यांक छ । साथै ७ सयभन्दा धेरेको मृत्यु भइसकेको बताइन्छ ।

स्ट्यानफर्ड विश्वविद्यालयले जारी गरेको नयाँ रिपोर्ट अनुसार जुन २० देखि सेप्टेम्बर ३० सम्म अमेरिकामा भएका १८ वटा चुनावी र्‍यालीहरुमा यस्तो भएको थियो ।

रिपोर्ट अनुसार ती र्‍यालीमा कोभिड १९ विरुद्ध अपनाउनुपर्ने मापदण्ड समेत नअपनाइएको पाइएको छ । जसमध्ये १५ वटा र्‍याली त खुला रुपमा आयोजना गरिएको रिपोर्टमा उल्लेख छ । र केही र्‍यालीमा त राष्ट्रपति ट्रम्प स्वयंले मास्क लगाएका थिएनन् ।

ट्रम्पले सुरुदेखि नै कोरोनाभाइरसको महामारी चीनले आफ्नो वुहानस्थित ल्याबबाट विश्वभर फैलाएको आरोप लगाउँदैआएका छन् । साथै महामारीबाट बच्‍न बन्द गरिएका स्कुल समेत खोल्नुपर्ने ट्रम्पको धारणा थियो । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here