सुर्खेत ।। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट ठानिएका मन्त्रीहरुलाई हटाएर उनले माधव नेपाल निकट मानिएका सांसदहरुलाई मन्त्री बनाउन लागेको बुझिएको छ ।

सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनले चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई जिम्मेवारी दिने तयारी मुख्यमन्त्री शाहीको छ । समाचारस्रोतका अनुसार रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने एकजनालाई तयारी छ ।

यसअघि मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याइए पनि असफल भएको थियो । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चुलिएको थियो । झन्डै दुईसातापछि दुवै अध्यक्षबीच संवाद हिजो शनिबारदेखि सुरु भएको छ याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here