एजेन्सी ।। भारतमा कोरोना भाइरस(केभिड–१९)का कारण मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । भारतका बिहार राज्यको पटनामा ३८ वर्षीय एक व्यक्तिको कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । यो बिहारमा भएको पहिलो मृत्यु हो। स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए। तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ। विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन। त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो।
आइतबारअघि बिहारमा एउटा पनि कोरोना भाइरस संक्रमित देखिएका थिएनन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।