काठमाडाैं ।। विश्वभर फैलिएको कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ । भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको इटलीमा मात्रै एकै दिन ७ सय ९३ जनाको मृत्यु भएकोे छ । योसँगै इटलीमा मृत्यु हुनेको संखया ५ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरस देखिएको केही समयमै लक डाउन गरिएको इटलीमा वुहानमा भन्दा बढी नागरिकको मृत्यु हुन थालेको छ । यस्तै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यापनि बढेको छ । स्पेनमा हिजोसम्म १३ सयको मृत्यु भएको छ भने इरानमा १ हजार ५ सयको मृत्यु भएको छ । जर्मनीमा हिजोसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६२ पुगेको छ । अमेरिकामा पनि भाइरसका कारण मृत्यु हुनेको दर बढ्दै गएको छ । अमेरिकामा अहिलेसम्म ३ सय २ जनाको मृत्यु भएको छ भने २३ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । भाइरसका कारण विश्वका एक सय ७० मुलुक प्रभावित भएका छन् भने अहिलेसम्म विश्वभर ३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । ९३ हजारभन्दा बढी उपचारपछि घर फर्केका छन् ।
कोरोना भाइरसका कारण विश्वभर १३ हजारको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।