काठमाडौं ।। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेण्डसँग इंगेजमेन्ट गरेका छन् । ५५ वर्षका जोनसनले ३१ वर्षकी गर्लफ्रेण्ड क्यारी सिमंडससँग शनिबार राती इंगेजमेन्ट घोषणा गरेका हुन् । यसका साथै उनीहरुले आफूहरु यही वर्ष आमाबाबु बन्न लागेको समेत जानकारी दिए । बोरिस र क्यारीको सम्बन्ध बोरिस प्रधानमन्त्री बन्नुभन्दा अगाडिदेखिकै हो ।

बच्चा जन्मिनुभन्दा अगाडि नै यी दुईले बिहे गर्ने बताइएको छ । बेलायती मिडियाका अनुसार २५० वर्षको इतिहासमा बहालवाला प्रधानमन्त्रीले बिहे गर्न लागेको यो पहिलो पटक हो । यससँगै बेलायतको इतिहासमा पदमा बहाल रहेकै बेला सम्बन्धविच्छेद र बिहे दुवै गर्ने बोरिस एकमात्र प्रधानमन्त्री बनेका छन् ।सिमंडस जोनसनको तेस्रो पत्‍नी बन्दैछिन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here