तेह्रथुम ।। प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्ुनो जन्मदिन मनाउन तेह्रथुम आउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा आज प्रधानमन्त्रीको जन्म घर इवामा विशेष कार्यक्रम राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, आठराई इञ्चार्ज भीम घिमिरेका अनुसार आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका ४ सय जेष्ठ नागरिकलाई आज सम्मान गर्ने कार्यक्रम रहेको छ । आठराई गाउँपालिका–४ इवामा प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गको शिलान्यास गर्नुहुृनेछ । आठराईको सुकेपोखरीबाट प्रधानमन्त्री ओलीको जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँगुबाट ताप्लेजुङको दोभान जोड्ने करिब एकसय किलोमिटर सडकको शिलान्यासको अन्तिम तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । उक्त सडकको सुकेपोखरी–प्रमाणी मा.वि. खण्ड कालोपत्रेको काम यही वर्षबाट सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारीका साथ शिलान्यास कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सांसद समेत रहनुभएका नेकपाका जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताउनुभयो ।
जन्मदिन मनाउन आज तेह्रथुम आउँदै प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।