काठमाडाैं ।। नेपालको छवटा हिमाल एकैपटक सफा गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । वन मन्त्रालयका अनुसार अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल सफा गर्नका लागि सेनालाई जिम्मेवारी दिइएको हो । वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले करिब आठ करोड ५९ लाख ९३ हजार रुपैयाँको लागतमा हिमालको सफाइ गरिने जानकारी दिनुभयो । नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन मुख्य हिमाल सफा गरिन लागेको उहाँको भनाइ छ । यसअघि सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिने गरिएको थियो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले तीन चरणमा सरसफाइको काम पूर्ण गर्ने योजना बनाइएको बताउनुभयो । सरसफाइका लागि वन तथा वातावरण मन्त्रालयले नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलाई बजेट उपलब्ध गराइसकेको छ । सैनिक प्रवक्ता पाण्डेका अनुुार पहिलो चरण अन्तर्गत फागुन ३ गते जनशक्तिको प्रारम्भिक छनोट, फागुन ८ गते समूह संयोजकको छनोट र फागुन २२ गते सहयोगी सङ्घसंस्था तय गरिनेछ । दोस्रो चरण अन्तर्गत भने हिमाल सरसफाइ गर्न छनोट गरिएको जनशक्तिलाई चार हप्ताको विशेष तालिम दिइनेछ । तेस्रो चरणमा चैत २० गते हिमाल सरसफाइका लागि छवटै टोली आफ्नो गन्तव्यतर्फ लाग्ने सेनाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
छवटा हिमाल एकैपटक सफा गर्ने जिम्मेवारी नेपाली सेनालाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।