रौतहट ।। बज्जिका भाषालाई नेपाल सरकारले अनलाईन फारमहरु समावेस नगदाँ बज्जिका भाषीहरु अन्यायमा परेको छ ।
गौर नरपालिका अहिले अनलाईन मार्फत सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आए पनि नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको पंजिकरण विभागमा नाम दर्ता फारममा सवै भाषा भएपनि बज्जिका भाषालाई नराखेको कारण अन्य भाषा रोज्नु पर्ने बाध्यता अब हटेको छ ।
आज मंगलवार गौर नगरपालिका आईटी औफीसर रौशन श्रीवास्तवको प्रयास र संगम खवर अनलाईनलाई सम्पादक दिनेश संगमको सहयोगमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको VERSP-MIS मा मतृभाषा बज्जिका समावेश गरिएको छ ।
मातृभाषा बज्जिका समावेस संगै रौतहट, सर्लाही र बारा जिल्लाका बज्जिका भाषीहरुको नाम दर्तामा मातृभाषा बज्जिका रोज्न सक्ने छ ।
गौर नगरपलिकाका नगर प्रमुख अजय कुमार गुप्ताले, बज्जिका हाम्रो भाषा भएकोले त्यसलाई मातृ भाषाको रुपमा रोज्नबाट बञ्चित गराउनु अन्याय भएको बताउदै, तत्काल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको VERSP-MIS मा गौर नगरपलिकाका आईटी औफीसर रौशन श्रीवास्तवले समाहीत गराउन सफल भए जस्तै अन्य सवै सरकारले राखेका अनलाईन फारहरुमा मातृभाषा बज्जिकालाई समाहित गराउने मागँ गरे ।
मातृभाषाको खण्डमा बज्जिका भाषाको कोड ( २४) रहेको आईटी औफिसर श्रीवास्तवले जानकरी गराएका छन् । यो संगै रौतहट, सर्लाही र बारा जिल्ला लगायतका अन्य स्थानिय तहहरुमा ब्यक्तिगत घटना दर्ता गर्दा बज्जिका भाषा छनौट गर्न औफीसर श्रीवास्तवले आग्रह गरे ।
नेपाल मात्र करिव २० लाख बज्जिका भाषा भए पनि सरकारको बैमानिस्ताका कारण रौतहटमा मात्र सिमित गरेका तर अगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा वारा, रौतहट र सर्लाही जिल्ला बज्जिका भाषाहरुले आफ्नो मातृभाषाको रुपमा बज्जिकाबाट चिन्हाउने पक्का भएको छ । अहिले रौतहट, सर्लाही र बारा जिल्लामा बज्जिका विभिन्न कार्यक्रमहरु संचालन धमाधम भई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here