राजा हुसेन ।।

चिनि उधोगिहरुले कृषकको पैसा बर्षौ देखि भक्तानि नगर्दा किसान पीडामा रहेका छन। उधोगिले मात्र नभई सरकारले पनि अनुदान बापतको रकम उपलब्ध गराईसकेको छैन। उधोगिबाट १ अर्ब ४१ करोड ८१ लाख र सरकारको अनुदान १ अर्ब ३४ करोड पाएको छैन। बाध्यताले किसान रिन लिएर खेतिपाति गर्नु परेको छ। र उखु किसान रिन लिएर खेति गरेर साहुको रिन चुक्ता गर्ने आश लिदा ऊखु मालिकले पैसा समयमै भुक्तानि नगर्दा साहुसंग ३६ प्रतिशत व्याजमा लिएको पैसा चुकाउन धौ धौ परेको अवस्था छ ।र बर्षौ पछि किसान पैसा भक्तानि पाउँदा सबै कमाएको रकम साहुको व्याजमा जाने पनि खतरा त्यति नै देखिएकोछ। कृषक अन्नदाता भनिन्छ ।कृषक भगवान सरह नै हो किसानले अन्न उबजाउन छोडिदियो भने जति ठूलो मान्छे भए पनि खाना खान धौ धौ पर्नेछ। र किसानको सन्तानहरु पनि आफ्न उज्जवल भविष्यको लागि विभिन्न ठाउमा शिक्षा प्राप्त गर्न अध्ययनरत छन। यदि किसानले समयमा रकम नपाउदा किसानहरुको छोराछोरीको जीवन अन्धकारमा धकेलिने पनि होइन। कलेजहरुले पनि आजकल समयमा मासिल शुल्क नबुझाएकोमा फाईन लिने गरेको छ। छोराछोरी काठमाडौ लगायत अन्य ठाउमा कोठा भाडामा लिएर बसेको हुदा महिने पिछे कोठा भाडा दिनु पर्ने हुन्छ। किसानको छोराछोरीको विहे समेतमा रकम पाउदैनन् तै पनि किसान हाम्रो देशमा कृषि गरि हाम्रो जीवन यापन गराएकोछ। भारतमा बर्सेनि किसान आफ्नो सम्सयाका कारण आत्म हत्या गरेको तथ्यांक हामी सामु पटक पटक आई रहेको हुन्छ। के सरकारले नेपालमा पनि त्यसतो होस भन्ने चाहन्छन?? समयमै ध्यान नदिनु र सरकारले विभिन्न बाहानामा आलटाल गर्नु किसानको लागि मात्र समस्या नभइ सरकारको लागि पनि उतिकै नै हुनेछ। चाहे त्यो करको दृष्टिकोणले होस या चिनि वा अन्य खाधनन वस्तुको आेसार पसारले होस्। किसान आफ्नो रकम लिन आन्दोलन गर्न बाध्य भएको अवस्थामा विभिन्न संस्था , कानुन बिधार्थी र मिडियाको ठुलो योगदान बिर्सिन सकिँदैन तर यसमै केही अवसरवादी व्यक्ति र मिडिया विभिन्न बाहानामा राजनिति गर्न समेत देखियो । किसानको पीडामा राजनिति गर्न कतिको उचित होला??? काङ्ग्रेसले पैसा नदिएको र नेकपाले पैसा/ रकम दिलायो यस्तो कुरा सुन्दा र मधेसवादी दल कहाँ छन??? भन्ने प्रश्न किसानको पीडामा राजनिति गर्नु हो । नत किसानको पैसा मधेशवादी दलले राखेको छ न कि पहाडि दलले। किसान आन्दोलनको सुरुवातको नेतृत्व सुरु देखि नै राजपाका सर्लाहीबाट प्रतिनिधिसभाका प्रत्यासिले गरेको थियो। तर वहाले किसानको पीडामा राजनिति नगरि व्यक्तिगत राजनीति फाईदा नलिई र आफू राजपाको नेता हो पनि विज्ञापन नगरेको र किसानलाई साथ दिदा केही समाजमा राजनिति फाईदा लिने नाईके हरु कहाँ छन मधेसि नेता , नेकपाले पैसा दिलवायो भनि सामाचार सम्प्रेषण गर्दा किसानको पीडामा खेलवाड र राजनीति गरेको देखिँदा किसानको समस्यामा राजनिति नगरि दिनु हुन र सरकारले किसानलाई भारतको किसान जस्तो गर्न बाध्य नबनाई दिन हुन यसै माध्यमले अवगत गराउन चाहन्छु। र किसानको समस्या तुरुन्त सामाधान गरि सरकारले नदिएको अनुदान पनि उपलब्ध गराई किसानलाई रिनबाट मुक्त गराउन र राष्ट्र निर्माणमा किसानलाई दिएको योगदानको कदर गरि किसानको समस्या सुन्ने निकाय समेत स्थापना गर्न अनुरोध गर्दछु। राजा हुसेन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here