काठमाडाैं ।। सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको छ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका नेता पनि सहभागी हुने भएका छन् । भेलामा ४० जिल्लाका सभापतिहरूको सहभागिता रहने दावी पौडेल पक्षको छ । सभापति देउवाले बहुमतको आधारमा यही पुस ११ गतेको केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको सङ्ख्या थप्नेलगायतका निर्णय गरेपछि पौडेल पक्ष झनै आक्रोशित भएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने जिल्ला सभापतिको भेलाले आगामी रणनीति तय गर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।