पाल्पा ।। देवानी खालका मुद्दाहरु वडा तहबाटै मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यले तानसेन नगरपालिकामा मेलमिलाप सेवा केन्द्र स्थापना भएको छ । समाजमा दिगो शान्ति कायम गर्ने उद्देश्यले तानसेन नगरपालिकाका वडा नं. २, ३, ४ र ५ मा मेलमिलाप सेवा केन्द्रको औपचारिक सुरुवात भएको हो । तानसेन नगरपालिकाका १४ वटै वडामा मेलमिलाप सेवा केन्द्र सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ । १४ वटै वडाबाट छनौट भएका ८४ जना मेलमिलापकर्ताहरुलाई ८ दिने आधारभुत तालिम दिएपछि मेलमिलाप केन्द्रको औपचारिक कार्य सुरु गरिएको हो । सामुदायीक मेलमिलाप सेवाकेन्द्रले मानीसहरुका फाटेका मन सिलाउने उद्देश्यले तानसेन नगरपालिकाको आयोजना, दि एसियाफाउन्डेसनको आर्थिक सहयोग र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा कार्यक्रम सञ्चालन भईरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।