काठमाडौं ।। भरतीय टेलिभिजन कलाकार कुशल पंजावीको निधन भएको छ । मुम्बई स्थित वाली हिलमा रहेको आफनै घरमा उनी मृत भेटिएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडियाका अनुसार कुशालले पंखामा झुन्डिएर आत्महत्या गरेका छन् । विहिवार राती कुशलको शव घरभित्र झुन्डिएको अवस्थामा भेटिएको थियो । तर उनले आत्महत्या के कारणले गरेको हो भने अहिले सम्म खुलेको छैन् । कुशलको कोठाबाट एउटा सुसाइड नोट भेटिएको छ । उक्त नोटलाई प्रहरीले सुरक्षित गरेको छ । प्रहरीका अनुसार उनले लेखेको नोट डेढ पेजेको छ । उक्त नोटमा उनले आफ्नो सम्पतीको आधा बाबु–आमा र बहिनीलाई दिन भनेका छन् । उनले लेखेका छन्–‘त्यहाँबाट बचेको सम्पत्ति मेरो तीन वर्षिय छोरालाई हुनेछ ।’ कुशलले २०१५ मा आड्री डालेनसँग बिबाह गरेका थिए । सन् २०१६ मा उनीहरुले छोरालाई जन्म दिएका थिए । कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए । उनले आफ्नो टिभी करियरको सुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए । त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए । कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन् । उनले लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारासहित विभिन्न फिल्ममा काम गरिसकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here