काठमाडाैं ।। सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुदैछ । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो । उद्घाटन खेलमा आज मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । लिग अवधिभर ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।