काठमाडौं ।। १३ औं दक्षिण एशियाली खेलकुद (साग) को आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । झन्डै २० वर्षपछि नेपालमा आयोजना गरिएको सागको तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे सागको उद्दघाटन गर्नुहुने कार्यक्रम रहेको छ । समारोह समितिका निर्देशक कुलबहादुर थापाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाले उद्घाटन समारोहमा प्रस्तुति गर्नेछन् । मार्चपासबाट सुरु हुने सागमा प्रमुख आतिथ्यता, स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजीको तयारी पनि सकिएको छ । ३ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउने सागमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने सागमा विच भलिबल, थ्री बाई थ्री बास्केटबल, भलिबल, फुटबल, ब्याडमिन्टन, भारत्तोलन, क्रिकेट सहित २८ खेल हुनेछ । उद्घाटन समारोहका लागि झन्डै १२ देखि १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
१३ औँ साग आज औपचारिक रुपमा उद्घाटन हुँदै,राष्ट्रपतिबाट उद्घाटन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।