सुनसरी ।। सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरमा राति १२ बजेर २० मिनेटमा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको सुनसरीका डीएसपी विनोद शर्माले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार ८५ वर्षीया शिवमाया राईको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएपछि शव लिएर एम्बुलेन्स उदयपुर फर्कदै थियो । मृत्यु हुनेमा सबै एकै परिवारका सदस्य हुन् । मृतकहरुमा वर्ष २८ का राजेश कुमार दनुवार, वर्ष ३४ का दुर्गाधन राई, वर्ष २८ का टेकेन्द्र राई, वर्ष ५० का तुलबहादुर राई, वर्ष ३५ का मुकेश राई र वर्ष ३२ का दिनेश राई रहेका छन् । मृतक सबैको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।