काठमाडौं ।। आज विश्व एड्स दिवस मनाईँदैछ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक सामग्रीहरु बोकेर विभिन्न रयाली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाउने गरिन्छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन् । एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पु¥याउने गर्छ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिने गरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको बाँचिरहेका छन् । एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्नु गलत भएकाले उनीहरुसँग हास्न बोल्न सकिन्छ । संक्रमितको रक्तदान, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना हुने गरेकाले एचआईभी संक्रमितहरुलाई राम्रो व्यवहार गर्नु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । नेपालमा एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएकासम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन समेत गरिन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।