काठमाडौं ।। मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने राम–जानकी विवाह आज हुँदैछ । सप्ताह व्यापी रुपमा मनाइने विवाह पञ्चमी अन्तर्गत आज राम र सीताको विवाह हुनेछ । आज जनकपुरधामको राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला नगरपरिक्रमा गर्दै बाजागाजासहित रंगभूमि मैदान बाह्रविघा पुग्नेछ । बाह्रविघामा स्वयंवर पछि दुवै डोला नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेपछि मिथिलाको संस्कृति अनुसार वैवाहिक कार्यक्रम गरिन्छ । त्रेता युगमा मिथिलाका राजा सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देश–देशान्तरका सैयौं राजाराजकुमार उपस्थित भएको ऐतिहासिक र पौरानीक मान्यता छ । जनकपुरधाममा नेपालभित्र र भारत तथा अन्य देशबाट लाखौं श्रद्धालुहरु डोला परिक्रमाको दर्शन तथा पूजा–पाठ गर्न आउँछन् । आश्विन पूर्णिमा दिन अयोध्याका राजकुमार रामचन्द्रले प्राचीन शिवधनुषलाई भाँचेको र त्यसपछि मंसिर शुक्ल पञ्चमी तिथिमा राम–जानकीको विवाह भएको सीतोपाख्यान उत्तराद्र्धमा उल्लेख छ । विवाह पञ्चमीको सातौं दिन भोली रामकलेवा पश्चात् विवहा पञ्चमी महोत्सव सम्पन्न हुनेछ । विवाह पञ्जमीको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
आज विवाह पञ्चमी मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।