पर्सा ।। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टीले जित हात पारेको छ । समाजवादी पार्टीका रूपलाल कुमार यादवले १ हजार ३१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका असेश्रप्रसाद यादवले ८ सय ११ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा जम्मा दुई हजार ६ सय २ मतदातामध्ये २ हजार एक सय २८ जनाले मतदान गरेका थिए । सखुवाप्रसौनीका तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचत वडाध्यक्ष बृजमोहन यादवको हृदयघातका कारण मृत्यु भएपछि रिक्त पदका लागि उपनिर्वाचन भएको हो । नवनिर्वाचित अध्यक्ष यादव तत्कालिन अध्यक्ष बृजमोहन यादवका छोरा हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here