काठमाडौं ।। इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिनुभएको छ । पछिल्ला दिनहरुमा राजधानी बगदाद र दक्षिणी इराकमा सरकार विरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री महदीले पदबाट राजीनामा दिनुभएको हो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनजिविकाका मुद्धा सम्बोधन नगरेको भन्दै पछिल्ला दुई महिनायता इराकमा भएका सरकार विरोधी प्रदर्शनहरु हिंसांत्मक बन्दै गएका छन् । सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा कयौं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको शुक्रबार एकै दिनको आन्दोलनका कारण ४० भन्दा बढी सर्वसाधारण मारिएपछि प्रधानमन्त्री महदीलाई सरकार छोड्न दवाव परेको हो । आज बस्ने संसद बैठकले प्रधानमन्त्री महदीको राजीनामा पत्रबारे छलफल गर्ने बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।