काठमाडौं ।। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हिजो भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । पहिलो पटक सागको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकामाथि २५–१४, २५–१८ र २५–२१ को जित निकालेको थियो । श्रीलंकालाई हराएसँगै नेपाली महिला भलिबलले ऐतिहासिक रजत पदक पाउने निश्चित भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ । अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएर फाइनल पुगिसकेको छ । नेपाल र भारतबीचको फाइनल खेल मंगलबार हुनेछ । पुरुषतर्फ भने नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । साग भलिबल अन्तर्गत आज पुरुष तर्फको सेमिफाइनल खेल हुनेछ । बिहान ११ बजेपछि हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ । यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
साग महिला भलिबल : नेपालको ऐतिहासिक जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।