काठमाडौं ।। विश्वरभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा राष्ट्रिय महिला आयोग भने दुइवर्षदेखि पदाधिकारी विहिन छ । संवैधानिक निकाय भए पनि अध्यक्षलगायतका पदाधिकारी नियुक्त नहुँदा महिला हिंसा न्यूनीकरणकै कामकारबाहीमा समेत असर परेको आयोगले जनाएको छ । सेवाग्राहीलाई दिने सेवादेखि नीतिगत तहमा हुने कामकारबाहीमा समेत पदाधिकारी अभावका कारण समस्या बढेको आयोगका उपसचिव एवम् प्रवक्ता लक्ष्मी पाण्डेले सीआईएनसँग बताउनुभयो । पदाधिकारी अभावमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरणसम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय सिडबाट आएका सिफारिसको कार्यान्वयनका लागि प्रभावकारी सुझाव दिन समस्या भएको आयोगले जनाएको छ । पदाधिकारीविहीनकै कारण सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत हुन नसक्दा आयोगले प्रदेशस्तरमा सम्पर्क कार्यालय खोल्न समेत सकेको छैन ।
राष्ट्रिय महिला आयोग भने दुइवर्षदेखि पदाधिकारी विहिन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।