काठमाडौं ।। सरकारले भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्वा चलिरहेको वा अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेको व्यक्तिले राहदानी लिन नपाउने व्यवस्था गरेको छ । भर्खरै राष्ट्रपतिबाट प्रमाणित भएको राहदानी सम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको राहदानी विभागले जनाएको हो । मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी मुद्वा चलिरहेको वा सजाय भोगिरहेका व्यक्तिले राहदानी नपाउने विभागका महानिर्देशक रामकाजी खड्काले सीआईएनसँग बताउनुभयो । अदालतमा रहेको मुद्वाबाट सफाइ पाएपछि भने राहदानी प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।