काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले भरेभोलिमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी पार्टीभित्र छलफल सुरु गर्नुभएको छ । हिजो साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि कहिले पुनर्गठन गर्ने भन्ने बारेमा कुनै जानकारी नदिइएको नेकपाका सचिवालय सदस्य एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीआइएनसँग बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मन्त्रिमण्डल पुनर्गठनको सम्भावना अहिलेसम्म नभएको सीआईएनसँग बताउनुभयो । ‘अहिलेसम्म कुनै जानकारी आएको छैन, आएपछि भनौँला ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो । यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्यव कमिटीलाई पूर्णता दिएको छ । पार्टीका नेता विन्दा पाण्डेको नेतृत्वमा प्रवास समन्वय कमिटी निर्माण गर्ने निर्णय भएको हो । कमिटीमा लक्ष्मण पन्तलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीका युवा नेता युवराज चौंलागाईलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने श्रीप्रसाद साह सचिव र रुकु विक सदस्यमा चयन हुनुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।