नवलपरासी पश्चिम ।। पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले संविधान अाफ्नै पालामा जारी भएको भन्दै काङ्ग्रेसले जस लिने गरेको बताउदै संविधानमा देखिएको त्रुटिको अपजस पनि लिनुपर्ने बताएका छन । कुबेर बचत तथा ऋण सहकारी संस्था सरावल गाउँपालिका ६ भुजहवाको ५ अौं वार्षिक साधारणसभामा शुक्रबार शुभकामना मन्तव्य राख्दै त्रिपाठीले यस्तो बताउनु भएको हो । स्वतन्त्र राजनितिक समुहका संयोजक समेत रहेका त्रिपाठीले संविधान अाफ्नो नेतृत्वमा जारी भयो भनेर गर्व नेपाली कांग्रेस गरेकोमा संविधानमा ८८ ठाउँमा त्रुटी देश भरिका जनताको साथ विभेद भएको विभेदपुर्ण रहेको दाबी गर्नु भयो ।

नागरिकताको बिषयमा संविधानमा राखिएको प्रावधान विभेद पूर्ण रहेको बताउदै जन्मको आधारमा प्राप्त गरेको व्यक्तिको सन्तानले स्वयं वंशजको हकदार छन तर त्यसलाई कार्यन्यवन नभएकोमा गुनासो गर्नु भयो । वर्तमान सरकारले ल्याएको बिधयेक जसमा जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेका छन उसको सन्तानको बंशजको आधारमा नागरिकता मिल्छ ।
संविधानमा एउटा नया प्रावधान अायो आमा वा बाबू नाममा नागरिकता प्राप्त गर्न सक्ने तर आमाको नाममा नागरिकता प्राप्त गर्नको नेकपा कांग्रेस राप्रपा लगायतको पार्टीमा बिधयेक ल्याउन हिम्मत नरहेको त्रिपाठीको दाबी छ । समितिको बीचमा बैवाहिक अङ्गिकृत को संशोधन सरकारले नल्याएको वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त विषयमा विवाह भएपछि बुहारी आएको सात वर्षपछि नागरिकता प्राप्त गर्छ । विवाहपछि अर्को देशको नागरिकता परित्याग गरि बैवाहिक अङ्गिकृत नागरिकता प्राप्त हुनुपर्नेमा जोडदिनु भयो । प्रश्न नागरिकताको छैन मांसिकताको छ उनको भनाइ छ । जन्मको आधारमा संविधानमा रहेको प्रावधान अनुसार नागरिकता पाउनुपर्ने बताए । हिम्मत छ भने आमाको नाममा नागरिकता दिन चुनौती दिनु भयो । आमाको नाममा नागरिकता दिने कानुन बनाउन कुनै पार्टीको हिम्मत नरहेको बताएका छन ।

अर्को प्रसंगमा बोल्दै त्रिपाठीले थारु, मधेशी, मुस्लिम , दलित आयोग समावेशी लगायतको आयोगको व्यवस्था भयो जब समावेश आयोगको कुरा आयो त्यो संविधानमा व्यवस्था भएको काम कर्तव्य अधिकार व्यवस्थाको बारेमा लेखियो तर बाकी रहेको आयोगमा लेखियो कानुनको सरकारले कानुनद्वारा निजको काम कर्तव्य र अधिकार निर्धारण गरिने छ । अर्को आयोगमा खस आर्यको व्यवस्था गरिएको तर बाकी मधेशी दलित मुस्लिम, थारु आयोगमा सरकार कार्यकारिणी व्यवस्थाबाट अधिकार दिन्छ यो नै विभेद हो । संविधानमा लेखिएको नै विभेद हो ।
जन्मको आधारमा प्राप्त गरेको नागरिक उसको छोराछोरीको बंशजको नागरिकता पाउछन संविधानमा लेखिएको छ तर कार्यन्वयन हुन सकेको छैन । पहिला जस्तो बैवाहिक अङ्गिकृतको नागरिकता प्राप्त हुन्थ्यो त्यसअनुसार प्राप्त हुनुपर्ने माग गर्नु भयो ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री हृदयेश त्रिपाठीले अहिलेको बैंकिङ प्रणाली त्रुटिपूर्ण रहेको बताउनु भएको छ । बैंकिङ प्रणाली साहु जस्तो देखिएको छ , बैंकलाई नाफा मात्र चाहिएको हुदा, सामुदाय समाज राष्ट्रिय परिवर्तनमा बैंकको भुमिका न्युन रहेको बताउनु भएको छ । बैंकहरुले नाफा संग मात्र सरोकार गरेकोमा दुख व्यक्त गर्नु भयो । बैंकको समाज परिवर्तनमा भुमिका कम देखिएको बताए । ग्रामीण क्षेत्रमा स्थानीय जनताको जिवनशैली र उनिहरुलाई अात्मनिर्भर बनाउन सहकारी अहम् भुमिका खेलिरहेकोमा खुशी व्यक्त गर्नु भयो ।

सरावल गाउपालिकाले विद्यार्थीलाई दिने छात्रवृत्ति र अन्य भत्ता बैकको माध्यमबाट दिने प्रक्रियालाई विरोध गर्दै भनुभयो । जुन अभिभावक नागरिकता छैन त्यो विद्यार्थी पाउने भत्ताबाट बन्चित हुन्छ । यसलाई तत्काल सच्याउन विद्यार्थीले पाउने हकदार छ उसले पाउनै पर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो । केही महिना देखि भुजहवा छाेटी भन्सार कार्यालय र बिशुनपुरा छाेटी भन्सार कार्यालय बिस्थापित भएकाेले अब केही दिनमा पुन स्थापित भई सन्चालनमा अाउने बताउनु भयाे ।

महालेखा परिक्षणको बार्षिक प्रतिवेदनमा विभिन्न स्थानीय तहमा भयानक त्रुटि घोटाल भयंकर आर्थिक अनुशासनहिनता भएको छ । एक शिर्षको वजेट अर्को शिर्षकमा बदलिएको छ । जनताको विकासको रकमबाट गाडी खरीद गरि भ्रष्टचार गरिएको आरोप लगाउनुभयो ।

संस्थाको उपाध्यक्ष योगेन्द्र बनियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हृदयेश त्रिपाठी, विशिष्ट अतिथि सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, वडा नं ७ का वडा अध्यक्ष ह्यात खा धुनिया, प्रदिप यादव, अमर यादव, जनता मावि प्रअ श्रीकिसुन कोइरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे । ०७५/ ०७६ को अार्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष पशुपतिनाथ तिवारीले पेश गर्नु भएको थियोे जसमा कुल अाय व्यय सात करोड दस लाख अाठ हजार रहेको छ भने संस्थाले १४ लाख २८ हजार शुद्ध नाफा गरेको छ । हाल संस्थाको १६ सय ७७ जना सेयर रहेका छन् । संस्थाले रेमिटेन्स सेवा समेत प्रदान गर्दै अाएको जनाएको छ । स्वागत मन्तव्य ऋण लगानी संयोजक सुर्यभान कोइरीले राख्नु भएको थियोे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here