पाल्पा ।। वर्षभरि मिहेनत गरेर फलाएको अदुुवा बिक्री नभएपछि पाल्पा र अर्घाखाँचीका किसान भने निरास भएका छन् । कात्तिक सकिदासमेत अदुवाले बजार नपाउँदा किसानहरु चिन्तित भएका हुन् । केही वर्षयता पाल्पाको पश्चिम भेगका छहरा, मुझुङ, पालुङमैनादी, फेक कुसुमखोला, भुवनपोखरी, सोमादी र पूर्वी अर्घाखाचीका पणेना खिदिम, पोखराथोक, निगालीनेटाका किसानहरुले अदुवा खेती गर्दै आएका छन् । गाउँघरमा किसानहरु सस्तो मुल्यमा भए पनि अदुवा बेच्न तयार छन् । पुरानो अदुवा प्रति किलो ३६ रुपैया र नयाँ अदुवाको मुल्य प्रति किलो १८ रुपैयाँसम्म किन्न सकिन्छ । गएको वर्ष यो समयमा बतासे ,भालुखान, अमलाबास, छहरा धजाबान्नेलगायतका मुख्य चोकमा अदुवा खरिदबिर्की गर्नेको चहलपहल बढेको हुन्थ्यो । अहिले भने अदुवा किन्नको लागि बाहिरबाट व्यापारी गाउँ पुगेका छैनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here