।। सरकारले युवा स्वरोजगारका लागि प्रवाह गरेको कर्जा असुलीको अवस्था पनि सकारात्मक देखिएको छ । युवा स्वरोजगारका नाममा पहुँच भएकाले पैसा लिने र वर्षौंसम्म नतिर्ने समस्या रहेको टिप्पणी भइरहेका बेला युवा तथा खेलकुद मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा ९५ प्रतिशत ऋण असुलउपर गरेको दाबी गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेमप्रसाद दंगालले अटेर गर्ने र सरकारलाई नटेर्नेहरुलाई कानुनी कारबाही गरेर ऋण असुली गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा युवा स्वरोजगार अन्तर्गत दुईसय ५१ वटा सहकारी संस्था मार्फत् एक अर्ब ५२ करोड १६ लाख कर्जा लगानी भई १२ हजार ८ सय ४० जना स्वरोजगार भएको मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले एक स्थानीय तह एक नमुना व्यवसाय कार्यक्रम सञ्चालन गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत् कार्यक्रम सञ्चालन हुन लागेको हो । कोषका कार्यकारी उपाध्यक्ष दंगालका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सरकारले युवा स्वरोजगारका लागि प्रवाह गरेको कर्जा असुलीको अवस्था पनि सकारात्मक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।