काठमाडौं ।। कृषि र पशुपालन व्यवसायमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ । विभिन्न तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा एक लाख भन्दा धेरै युवा कृषि तथा पशुपालन व्यवसायमा लागेको देखिन्छ । राष्ट्रिय युवा परिषदका माध्यमबाट ५ हजार भन्दा धेरै युवा स्वरोजगार बनेका छन् । परिषद्ले कृषि तथा पशुपालन व्यवसायमा लागेका युवाको तथ्याङ्क संकलन गरिरहेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ५५ हजार भन्दा धेरै युवालाई उद्यमका लागि ऋण प्रवाह गरेको तथ्याङ्क छ । ऋण लिने मध्य अधिकांश युवा कृषि र पशुपालनमा लागेका छन् । सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधी–२०७५ अनुसार बैंक तथा वित्तिय संस्थाले युवालाई सहुलियत पूर्ण ऋण प्रवाह गर्ने क्रम पनि बढेको छ । पछिल्लो एक वर्षमा राष्ट्रिय बाणिज्य बैंकले, ६ हजार एक सय ७२ जना युवालाई कृषि र पशुपालन व्यवसायका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । सो क्रममा बैंकले ६ अर्ब ८२ करोड लगानी गरेको र थप लगानीका लागि छलफल समेत भईरहेको बैंकका उपकार्यकारी अधिकृत देबेन्द्र रमन खनालले बताउनुभयो । त्यस्तै नेपाल बैंक लिमिटेडले पनि एक हजार ३ सय ९६ जना युवालाई कृषि र पशुपालन व्यवसायका लागि सहुलियतपूर्ण कर्जा बापत दुई अर्ब दुई करोड भन्दा बढि रकम उपलब्ध गराएको छ । अरु बैंक तथा वित्तिय संस्थाले पनि १० हजार भन्दा धेरै युवालाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराएका छन् ।
कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।