काठमाडौं ।। हात्ति, गैँडालगायत ३९ प्रकारका वन्यजन्तु विशेष संरक्षित वन्यजन्तुको सूचीमा छन् । यो सूचीमा रहेको एक सिङ्गे गैँडाको संरक्षण भने चुनौतिपूर्ण देखिएको छ । प्राकृतिक र चोरीसिकारीका कारण गैँडा मर्ने र मार्नेक्रम रोकिएको छैन । अध्ययनहरूका अनुसार सन् १९५० मा नेपालमा एकसिङ्गे गैँडाको सख्या ८ सयभन्दा धेरै थियो । २०५८ सालमा चोरीसिकारीका कारण ३७ वटा गैँडा मारिएपछि गैँडा संरक्षणको विशेष अभियान चलाइएको थियो । सन् २०११ र १८ को बीचमा एक वर्षबाहेक अरु समयमा कुनै पनि गैँडाको चोरी सिकारी नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो । तर, गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा मात्रै प्राकृतिक कारणले ४८ गैँडा मरेका छन् । सबैभन्दा बढी एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा छन्, भने बर्दिया राष्ट्रिय निकुञ्जमा २९ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठवटा गैँडा छन् । गत आर्थिक वर्षमा गैँडाको आक्रमणमा दुई जनाको मृत्यु भयो भने १७ जना घाइते भए । वन्यजन्तुुको संरक्षणको बारेमा नागरिकलाई जानकारी दिनसके गैँडा संरक्षण प्रभावकारी हुने वन्यजन्तु विज्ञ डा. मुकेशकुमार चालिसेको भनाइ छ । चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा जिल्ला एकसिङ्गे गैँडाको बासस्थान मानिन्छ ।
एक सिङ्गे गैँडाको संरक्षण भने चुनौतिपूर्ण देखिए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।