काठमाडाैं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको बताउनुभएको छ । उहाँले सरकारको यो कदमको भत्सर्ना गर्ने समेत प्रतिक्रिया दिनुभयो । सिन्धुपाल्चोकको ठोेकर्पा स्थित बाघ भैरव माध्यमिक विद्यलायको नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न पुग्नुभएका देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारसँग पूर्ववर्ति कांग्रेस सरकारले गरेका निर्णय र नियुक्ति नहटाउने सहमति भएको थियो त्यसको उल्लङ्घन भएको बताउनुभयो । उहाँले सरकारले यस्तै काम गर्दै गए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here