सिन्धुली ।। सिन्धुली विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका– ३ बस र मोटरसाईकल एक आपसमा ठक्कर खादाँ दुर्घटना भई एक जनाको मृत्यु भएको छ । झापाबाट काठमाण्डुको लागी छुटेको मे.१ ख ३१८२ नम्बरको बस र काठमाडौंबाट खुर्कोटका लागी छुटको बा.६८ प ८५४८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईक चालक उदयपुर जिल्लाको त्रियुगाा नगरपालिकाका २७ वर्षका नबिन बिसुङखे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका बिसुङखेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो । उहाँका अनुसार बस र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here